माओवादी जनयुद्ध समस्या नभइ, समाधान रहेको सांसद बस्नेतको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउनैपर्ने अडान राखेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी सांसद शक्तिबहादुर बस्नेले यस्तो अडान दोहोर्‍याएका हुन् ।

उनले हिंसा शब्दलाई विस्तृत शान्ति सम्झौता, संविधानलगायतका महत्त्वपूर्ण दस्ताबेजहरूले सशस्त्र आन्दोलनका रूपमा स्वीकार गरेको तर, त्यसलाई बेवास्ता गरेर पूर्वाग्रहपूर्ण रूपमा त्यसलाई हिंसा करार गर्न खोजिएको बताए ।


उनले माओवादी जनयुद्ध समस्या नभइ, समाधान रहेको दाबी गरे । शान्ति प्रक्रियाको भावना र जनयुद्धको भूमिकालाई कुन्ठित गर्नेगरी संसदमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति आफ्नो दलको असहमति, विरोध र आपत्ति रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया