डेंगु संक्रमण बाट हालसम्म देशभर ६ जनाको मृत्यु

काठमाडौं । डेंगु संक्रमणवाट हालसम्म देशभर छ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दाबी गरेको छ । 

हालसम्म ९ हजार ४ सय ८६ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमित मध्ये ४ हजार ५३९ जना गण्डकी प्रदेशका रहेका छन् । त्यस्तै, बागमतीका २ हजार ४ सय ५३ जना, कोशीका १ हजार २७ जना सङ्क्रमित छन् ।

यस्तै, मधेसमा १ सय ८० जना, लुम्बिनीका ६ सय ४४ जना, कर्णालीका १ सय ३९ जना र सुदूरपश्चिममा ५ सय ४ जनामा डेंगु पुष्टि भएको छ । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।
 

प्रतिक्रिया