राष्ट्रिय सभा अन्तर्गतका दुई संसदीय समितिमा सभापति चयन

काठमाडौं। राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल  निर्वाचित भएकी छिन्। त्यस्तै सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।

सभापति चयनका लागि सोमबार निर्वाचनमा क्रमश तुलसा दाहाल र  मायाप्रसाद शर्मा निर्वाचित भएका हुन्। विधायन व्यवस्थापन समिति सभापतिमा तुलसासंगै  एकीकृत समाजवादीकी जयन्ती राईको उम्मेदवारी परेको थियो। कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरे ।

कसैको उम्मेदवारी नपरेको सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति  सभापतिमा भने माया प्रसाद र्निविरोध भएका छन्।

निर्वाचित भएसँगै उनीहरुलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

प्रतिक्रिया