बारा दुर्घटना:  एक जनाको मृत्यु, ८ जना गम्भीर घाइते

काठमाडौं । बिराटनगरबाट दाङ जादै गरेको बस बारामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

 चालक र सहचालकसहित ४३ सवार ना ८ ख ११६४ नम्बरको बस मध्यरातमा निजगढ नगरपालिका–८ उनासी पुलमा दुर्घटना हुँदा दाङ देउखुरी गटवा गाउँपालिका–५ का ४५ वर्षीय चेतन राय यादबको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते बनेका यादबको ब्योधा अस्पताल बिरगंजमा उपचारको क्रममा साेमबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालकसहित ६ जनालाई थप उपचारका लागि बयोधा अस्पताल बिरगंजमा पठाइएको छ भने अन्य छ भने अन्यलाई निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पताल र सि.टी अस्पतालमा घाईतेहरुको उपचार भईरहेको छ । 

दुर्घटनामा परि १५ जना घाइतेहरुको अवस्था मध्यम रहेको छ भने २० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसको अगाडीको पट्टा भाचिदा अनियन्त्रित भएर  बस पुलबाट ८/१० मिटर तल खसेको हो । 
 

प्रतिक्रिया