तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला र पाँच सय रुपैयाँले वृद्धि भई कीर्तिमान कायम गरेको छ । 

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला  एक लाख ५७ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ जबकी आइतबार प्रतितोला एक लाख ५६ हजार आठ सय रुपैयाँमामा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी  साृमबारका लागि भने  एक हजार नौ सय १५ रुपैयाँमा निर्धारण भएको छ । 

प्रतिक्रिया