माओवादी केन्द्रले आफ्नो भनाइ राखेर प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिने

काठमाडौँ । सोमबार बस्ने प्रतिनिधिसभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेका छ। माओवादी केन्द्रले संसद्‌मा प्रधानमन्त्रीबाहेक कसैलाई बोल्न नदिने बताएको छ। बैठकमा प्रधानमन्त्रीको सम्बोधन अघि आफ्ना भनाइ राखेर संसद् अवरोध खुलाउन माओवादी सकारात्मक देखिएको हो। माओवादीले सदनमा आफ्ना कुरा राखेर प्रधानमन्त्रीको सम्बोधनमा अवरोधन नगर्ने सङ्केत गरेको छ।  

संसद्को बैठक आजै राति १२ बजेपछि बन्द हुने गरी मन्त्रिपरिषद्ले सिफारिस गरिसेको छ ।

माओवादीले एमाले सांसद योगेश भट्टराईले बोलेको ‘माओवादी हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटेसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ ।
 एमाले सांसद भट्टराईले  भदौ १२ गते माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेका थिए । त्यसलगत्तै माओवादी सांसदहरूले उक्त शब्द रेकर्डबाट हटाउन माग गरेका थिए। त्यसमा सभामुख देवराज घिमिरेले आफूले निर्णय गरेर सुनाउने बताएका थिए।

यसपछि गत २८ गते बसेको बैठकमा आफूले प्रशस्त छलफल गर्दा सांसद भट्टराईले बोलेको हिंसा शब्द संसद्को रेकर्डबाट हटाउन नपर्ने निष्कर्ष सभामुख घिमिरेले सुनाएका थिए । यसलगत्तै माओवादीले संसद अवरुद्ध गर्दै आएको छ।

प्रतिक्रिया