नारायणगढ मुग्लिन अवरूद्ध सडक दुईतर्फी सञ्चालनमा आयो

नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । 

सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो। रातिदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०:४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
 

प्रतिक्रिया