एन्फा जापानद्धारा टोकियामा अण्डर-१४ फुटबल ट्रेनिङ सञ्चालन

जापान । जापान नेपाल फुटबल सङ्घ (एन्फा जापान)ले टोकियोमा निशुल्क फुटबल ट्रेनिङ सञ्चालन गरेकोे छ। एन्फा जापानले  टोकियो आसपासमा भएका १४ वर्षमुनीका (अण्डर-१४) बालबालिकाहरुलाई लक्षित गरि निशुल्क फुटबल ट्रेनिङ सञ्चालन गरेको हो । हरेक शनिबार र आइतबार हुने फुटबल ट्रेनिङमा इच्छुक अभिभावकले आफ्नो बालबालिकालाई पठाउन एन्फा जापानले अनुरोध गरेको छ। जापान एन्फाले फुटबल गतिबिधी गर्न जापानमा रहेको नेपाली समुदायसंग पनि समन्वय गरेको छ। एन्फा जापानले सञ्चालन गरेकोे फुटबल ट्रेनिङले भविष्यमा नेपाली राष्ट्रिय टिममा खेल्न सक्ने गरि खेलाडी उत्पादन गर्ने समुदायको विश्वास छ।

प्रतिक्रिया