संघीय संसदको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै

काठमाडौं । संघीय संसदको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदैछ । 

आइतबारको मन्त्रिपरिषद बैठकले सोमबार राति १२ बजेदेखि दुवै संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

माओवादीले संसद्को अवरोध जारी राखेको, असोज १ र ३ मा सरकारी बिदा परेको र ४ गते आफू संयुक्त राष्ट्रसंघको महासभाका लागि जानुपर्ने कारण देखाउँदै प्रधानमन्त्री केपी ओलीले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेका हुन् । 

मन्त्रिपरिषदे सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । चालु बजेट अधिवेशन वैशाख २८ मा शुरु भएको थियो । 

प्रतिक्रिया