बाराको उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । 

आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस आइतबार राती १ बजे अनियन्त्रित भई पुलबाट आठ मिटर तल खसेको हो ।

स्थानीय सामुदायिक प्रसूति गृह अस्पताल र सिटी अस्पताल निजगढमा घाइतेको उपचार भइरहेको छ । सामुदायिक प्रसूति गृह अस्पताल निजगढ बारामा ३४ जनामध्ये गम्भीर ६ र सिटी अस्पताल निजगढ बारामा गम्भीर दुईसहित ९ जनाको उपचार भरहेको छ । 

दुर्घटनाको कारण खुलेको छैन् ।
 

प्रतिक्रिया