भ्रष्टाचारका बिरुद्ध श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्री दाहालको आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन् । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो शुरु हुने र सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा शुरु भइसकेको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पुष्पलालले परिकल्पना गरेको समाज निर्माण गर्न चुनौति रहेको बताइन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व रहेका बताए ।
पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० बाट कमलप्रसाद कोईराला, डा. बालचन्द्र मिश्र र गोपालप्रसाद थपलियालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया