संबैधानिक परिषदको बैठक आज पनि बस्दै

काठमाडौं । दुईपटक बसेर निर्णयमा पुग्न नसकेको संबैधानिक परिषदको बैठक सोमबार पनि बस्दैछ ।

परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी ओलीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुनेछ । 

यसअघि भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएको थियो । आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बैठक बोलाइएको हो । बैठकले  हालका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ । 

यसबाहेक रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी पनि नियुक्त हुनसक्ने सम्भावना छ । निर्वाचन आयोगमा एक सदस्य रिक्त छ । यसै गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक र समावेशी आयोगमा एक सदस्य रिक्त छ । 
 

प्रतिक्रिया