चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ‘काँधेकुरी’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को नयाँ गीत ‘काधेकुरी’ सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा एक पिताले आफ्नो छोराका लागि गरेको बलिदान र सङ्घर्षको भावनात्मक कथा प्रस्तुत गरिएको छ। पिताले आफ्नो छोरालाई सहर पठाई शिक्षित बनाउन चाहेका छन्, ताकि उसले आफूले जीवनमा नचाहेर भोगेका समस्याहरू पुनः भोग्न नपरोस् ।  

गीतमा विजय बराल, प्रकाश सपुत र स्वयम् केसीको अभिनय देख्न सकिन्छ। यस गीतमा स्वर, शब्द, सङ्गीत, तथा एरेञ्ज प्रशान्त सिवाकोटीको रहेको छ। सारङ्गीमा हेमन्त कान्छा रसाइली र मादलमा कुन्दन शाहको सङ्गीतले गीतलाई विशेष बनाउन सहयोग पुर्‍याएको छ।

सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको यस चलचित्रमा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ र देशभक्त खनालजस्ता कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।

चलचित्र आगामी कात्तिक १५ गते (लक्ष्मीपूजा)  का दिन प्रदर्शन हुने भएको छ  । 

प्रतिक्रिया