रवि लामिछाने दोषी रहेको सहकारी छानबिन समितिको ठहर, प्रतिवेदन संसदमा आज पेस गर्दै

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सहकारी संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ ।  कम्पनीका अध्यक्ष (गितेन्द्रबाबु) जीबी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको हो । 

सहकारी छानबीन समितिले साे प्रतिवेदन प्रतिनिधि सभाको बैठकमा  पेस गर्ने भएको छ ।  एमाले सांसद सूर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । 

शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो । समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगि भएका भनिएका सहकारीका वर्तमान र पूर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरी ६३ वटा बैठक गरेको थियो ।
 

प्रतिक्रिया