प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

काठमाडौं । आज साेमबार प्रतिनिधि सभा बैठक बस्दैछ ।  प्रधानमन्त्री के.पी. शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । 

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि आइतबारको बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

यसैबीच, सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ । सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार सोमबार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

यसैबीच, प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

प्रतिक्रिया