आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा

काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस)  को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । 

गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले सोमबार सार्वजनिक बिदा दिइएको जनाएको छ । 

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । 
 

प्रतिक्रिया