हिजोअस्तिको तुलनामा देशभर भारी बर्षाको सम्भावना

आज देशभर हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भइरहेकाले आज देशभर नै  पानी पर्ने अनुमान गरिएको हो । आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना  रहेको हो । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा विहानैदेखि पानी परिरहेको छ । मनसुन सक्रिय रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । भोलि पनि देशभरको मौसम बदली भइ पानी पर्ने सम्भावना छ  ।  भोलि पनि कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । 

प्रतिक्रिया