पेट्रोलियम पदार्थको भाउ घटयो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो ।  

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ र डिजेल तथा मट्टीतेलमा पाँच रूपैयाँ घटाएको छ।

अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्ने भएको छ। त्यस्तै डिजेल र मट्टीतेल १४६ रूपैयाँ ५० पैसा पर्ने भएको छ ।
 

प्रतिक्रिया