सभापति देउवाद्वारा अमात्यको निधनप्रति दुःख व्यक्त

 काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका पूर्वकोषाध्यक्ष केदारबहादुर अमात्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आमात्यको ८६ वर्षको उमेरमा उपचारका क्रममा यही भदौ २८ गते निधन भएको हो ।सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।

साथै उनले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा अमात्यले पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उनप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । नेता आमात्यले नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यालयको भवन निर्माण समितिको संयोजक रहेर जिल्ला पार्टी कार्यालय निर्माणमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।

कांग्रेसको सङ्गठन निर्माण र नेपालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका लागि भएका सङ्घर्ष र आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।  

रासस

प्रतिक्रिया