कांग्रेस र कम्युनिस्टबाट  देश नचल्ने: राजकिशोर

शिब दयाल यादव

सिरहा । जसपा (जनता समाजवादी पार्टी) नेपालका नेता तथा सांसद राज किसोर यादबले कांग्रेस र  कम्युनिस्टबाट  देश नचल्ने बताएका छन् । 

आइतबार सिरहाको मिर्चैयामा “जनता सङ्ग जसपा नेपाल“अभियन्ता अभिमुखीकरण कार्यक्रममा नेता यादवले कांग्रेस र  कम्युनिस्टबाट देश नच्ल्ने भएकोले अबका दिनमा सबैले देशको नेतृत्व गर्नपर्ने बताए । 

नेता यादबले नेपाल जस्तो  सुन्दर र मनमोहक देशमा प्रर्याप्त सम्भावनाहरु हुँदा–हुँदै पनि असक्षम  नेतृत्वको कारण देश पछाडि परेको टिप्पणी गरे  । उनले  जसपालाई झन् ठूलो पार्टी बनाउन नेता कार्यकर्ता  जनस्तरमा लाग्नुपर्नेमा जोड दिए । 
 

प्रतिक्रिया