गर्मी र बर्षासँगै डेंगुका विरामी बढ्न थाले
गर्मी र बर्षासँगै काठमाडौं उपत्यकामा पनि डेंगुका विरामी बढन थालेका छन । पानी परेसँगै जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्ने भएकोले डेङ्गीको जोखिम बढेको छ । हालसम्म काठमाण्डौमा ४६, ललितपुरमा १२ र भक्तपुरमा ३५ जना डेंगुका बिरामी भेटिएका छन् । जोखिम बढेपछि पालिकाहरुले ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन् । उपत्यकामा चार महिनासम्म अभियान सञ्चालन गर्ने सहमति स्थानीय तह र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाविच भएको हो । स्थानीय तहहरुले चार महिना लामुखट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्नेछन् । पालिकाले हरेक हप्ता टोल–टोलमा गएर पानी जम्ने सम्भावना भएको ठाउँ खोजी गरी नष्टपनि गर्नेछन । आवश्यक सहयोग भने स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउनेछ ।
प्रतिक्रिया