एभिन्यूजको अमेरिका सम्पादकमा राम प्रसाद खनाल नियुक्त

काठमाडौं । एभिन्यूज खबर टेलिभिजनको अमेरिकाको लागि सम्पादकमा रामप्रसाद खनाल  सम्पादक नियुक्त भएका छन।

आइतबार एभिन्युज खबर टेलिभिजनका कार्यकारी अध्यक्ष भास्कर राज राजकर्णिकारले खनाल लाई अमेरिकाको सम्पादककको जिम्मेवारी सम्हाल्नेगरी  नियुक्ति पत्र दिएका हुन् । सो अवसरमा एभिन्यूजका खबर प्रमुख केदार कोइराला लगायतको उपस्थिति रहेको थियो । लामो समयदेखि नेपालको लोक दोहोरीमा समय बिताएका  खनाल बिगत अठार वर्षदेखि सपरिवार अमेरिकाको भर्जिनियामा बसोवास गर्दै आएका छन् । नेपालमा हुँदा खनाल रेडियो नेपाल,नेपाल टेलिभिजन र बीबीसीमा आवद्ध थिए।

छापा पत्रकारिताको समेत अनुभव बटुलेका खनाल हाल अमेरिकामा अनलाईन पत्रकारितामा सक्रिय छन् । पत्रकारितामा लामो समयदेखि सक्रिय खनाललाई उनको अनुभव,दक्षता र सक्रियताको आधारमा अमेरिकाका लागि  सम्पादक नियुक्त गरिएको  एभिन्यूज खबर टेलिभिजनले जनाएको छ । 
 

प्रतिक्रिया