चालु आर्थिक वर्ष सकिन लाग्दा लगातार थुप्रियो निक्षेप
बैंक तथा वित्तीय संस्थाको प्रणालीमा अधिक पैसा थुप्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष सकिन लाग्दा निक्षेप लगातार थुप्रिएको हो । वित्तीय प्रणालीमा एकैदिन २५ अर्ब निक्षेप थपिएको केन्द्रीय बैंकले जनाएको छ । असार मसान्तसम्म झनै सरकारी भुक्तानी बढ्ने भएकोले अझै थप ५० अर्ब निक्षेप थपिने अनुमान गरिएको छ । बैंकिङ प्रणालीमा अधिक रकम जम्मा हुन थालेपछि एक बैंकले अर्को बैंकलाई दिने कर्जाको अन्तरबैंक ब्याजदर दुई दशमलब ४६ प्रतिशतमा झरेको छ । तर अहिले अधिक पैसा हुँदा पनि ऋणको माग भने देखिएको छैन । व्यवसायीहरूले पनि अहिले बजारको माग कुरेको बसेकाले पनि कर्जा प्रवाह माग नबढेको हो । असार २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप बढेर ५६ खर्ब ५५ अर्ब रुपैयाँ छ । असारभित्रै अझै एक खर्ब निक्षेप थपिने आँकलन गरिएको छ ।।
प्रतिक्रिया