व्यक्ति र संस्था विशेष प्रति  प्रधानमन्त्रीको टिप्पणी सकारात्मक भएन:  शङ्कर भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले  प्रधानमन्त्री केपी शर्मा ओलीको सावर्जनिक अभिव्यक्तिहरु अस्वाभाविक भएको टिप्पणी गरेका छन् ।आइतबार भण्डारीले विज्ञप्ति जारी गर्दै मुलुककै ठुलो पार्टीको अध्यक्षको हैसियतमा ओलीले विपक्षीलाई तह लगाउन कार्यर्तालाई दिएको निर्देशनलाई जनताले सकारात्मक नलिएको बताएका छन् ।कुनै व्यक्ति विशेष तथा संस्था विशेषप्रति पनि उहाँ (प्रधानमन्त्री) का कडा र अस्वाभाविक टिप्पणीहरू बाहिर आएको भण्डारीले विज्ञप्तिमा लेखेका छन् ।

जस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित तिखा टिप्पणीहरू चर्चामा छन् ।भण्डारीले जनताबाट निर्वाचित मेयर महानगरलाई व्यवस्थित बनाउन क्रियाशील देखिएकाले उनीसँग कुनै समस्या भए बोलाएर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

विज्ञप्तिमा मुलुकको प्रधानमन्त्रीबाट सभ्य, सुसंस्कृत र परिपक्क व्यवहार तथा बोलीको अपेक्षा गरिएको उल्लेख छ ।‘तर केही समयदेखि त्यस्तो अवस्था देखिएको छैन । पार्टी अध्यक्षको हैसियतले उहाँले पार्टी नेताहरूलाई विपक्षीका विरुद्धमा आक्रामक ढङ्गबाट प्रस्तुत हुन दिएको निर्देशनलाई आम नागरिकले सकारात्मक रूपमा लिएका छैनन्’ भण्डारीले भनेका छन् । 

 

प्रतिक्रिया