उपसभामुखबारे एमालेको टिप्पणी: रास्वपाले फायर खोल्ने काम गरे

संसद चल्न नदिए माओवादीकै क्षति हुने जिकिर

काठमाडौँ ।सत्तारूढ दल नेकपा (एमाले)ले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद् चल्न दिनुपर्ने बताएको छ।आइतबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले माओवादीले संसद चल्न नदिए माओवादीकै क्षति हुने बताएका छन् । बर्तौलाले सभामुखले गरेको रुलिङ सबै सांसदले मान्नुपर्ने बताए । 

सचेतक बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  नै उपसभामुख प्रकरण गिजोलेको आरोप लगाए । उनले उपसभामुख इन्दिरा रानाले कमजोरी गरेको रास्वपाले पनि स्वीकार गरिसकेको बताए । उनले सत्ता गठबन्धनको बैठकमा आफूहरूले अमेरिका जानका लागि अन्तरवार्ताको मिति सार्ने उपसभामुखको पत्रबारे छलफल गरेको तर विषयलाई उछाल्ने कुनै तयारी नगरेको पनि स्पष्ट पारे । तर‚ बन्द कोठामा भएको निष्कर्ष नै ननिकालिएको छलफलबारे संसद् बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएपछि आफूहरूले राजीनामा माग्न बाध्य भएको सुनाए । 

 ‘एकाएक रास्वपाका प्रमुख सचेतकले फायर खोल्ने काम गर्नुभयो । एउटा जिम्मेवारी राजनीतिक दलले उपसभामुखजस्तो पदको हुर्मत लिनेगरी प्रसङ्ग निकाल्नुभयो। सत्तापक्षतर्फ हिलो छ्याप्ने काम गर्नुभयो,’ उनले भने । 
उनले उपसभामुखको कमजोरी भएकोले उनलाई बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेको बताए ।  

प्रतिक्रिया