संसद् बैठक अवरोध गर्ने नगर्नेबारे माओवादी सांसदको छलफल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूको अनौपचारिक छलफल सुरु भएको छ । उनीहरू बिच आजको संसद् बैठक सञ्चालनमा अवरोध गर्ने नगर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ । केही बेरअघि सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा सभामुख लगायत सत्तारूढ दलले बैठक सञ्चालनको वातावरण बनाइदिन अनुरोध गरेका थिए । बैठकमा सहभागी प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा छलफल पश्चात् निर्णय दिने जानकारी दिएर बैठकबाट निस्केका थिए । सोही कारण अहिले अनौपचारिक संवाद भइरहेको हो । भदौ १२ को प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेका थिए । उक्त शब्दमा माओवादीले नियमापत्ति गरेको थियो । सभामुखले उक्त शब्द रेकर्डबाट हटाउने नहटाउने भन्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिएका थिए । 

केही दिनअघि बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले उक्त शब्द असंसदीय नभएको र रेकर्डबाट नहटाउने भन्दै रुलिङ गरेका थिए । सोही विषयमा माओवादीले शुक्रवार दलको बैठक बसेर प्रतिकार गर्ने र सदन चल्न नदिने निर्णय गरेको थियो । उक्त निर्णय सच्याउनुपर्ने अडान माओवादीको छ ।

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…