लम्पीस्किन रोग नियन्त्रण गर्न खोप अभियान तिब्र
सरकारले लम्पीस्किन रोग नियन्त्रण गर्न खोप अभियानलाई तिब्रता दिएको छ । गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारीका कारण देशभर पशु मर्न थालेपछि खोप अभियान तिब्र पारिएको हो । हालसम्म एक लाख ८० हजारभन्दा बढी पशुमा खोप लगाइएको पशु सेवा विभागले जनाएको छ । सरकारले प्रभावित पशुको उपचारका लागि संघ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरेको जनाएको छ । हालसम्म १० लाख ३७ हजार मात्रा खोप आयात भई सात वटै प्रदेशमा वितरण भएको छ । सरकारले चालु आर्थिक वर्ष ९२०७९÷८० मा नै खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्लाबाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न सङ्घीय सःशर्त अनुदानअन्तर्गत एक लाखका दरले रकम विनियोजन गरेको छ । सो रकमबाट यथाशीघ्र औषधि उपचार तथा खोप खरिद कार्य गर्न सबै पालिकालाई अनुरोध गरिएको छ । नेपालमा यो रोग पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैचामा देखिएकोमा हालसम्म ७६ जिल्लामा पुगिसकेको छ । हालसम्म सङ्क्रमति सात लाख नौ हजार दुई सय तीन पशुमध्ये चार लाख ५३ हजार आठ सय १९ निको भइसकेका छन् । यस्तै २५ हजार सात सय ८२ पशु मरेका छन् । हाल दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमति छन् ।
प्रतिक्रिया