पत्रकार महासंघको चुनावको उम्मेदवार मनोनयन दर्ता असोज ४ गते

काठमाडौ । असोज १२ गते हुने नेपाल पत्रकार महासंघको चुनावको लागि असोज ४ गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका प्रकाशित भएको छ। उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। असोज ४ गते अपराह्न ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। साथै संस्थागत समिति, जिल्ला शाख र प्रतिष्ठान शाखाको मनोनयन दर्ता असोज १० गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।

मतदान असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।
जिल्ला, प्रदेश र संघमा एकै दिन चुनाव हुनेछ। मतदाता नामावली शनिबार साँझ नै प्रकाशित भइसकेको छ।  

प्रतिक्रिया