ध्वजासहितको लिङ्गो ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबारदेखि इन्द्रजात्रा सुरु भएको छ ।
हनुमानढोका दरबार स्क्वायरमा बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो। मानन्धर समुदायले भक्तपुरको चित्तापोलबाट विधिपूर्वक पूजाआजा गरी ल्याएको लिङ्गो आइतबार बिहान ठड्याइएको छ ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ । यो काठमाडौंमा मनाइने विविध जात्रामध्येको सबैभन्दा ठुलो, रमाइलो र महत्त्वपूर्ण जात्राको रूपमा इन्द्रजात्रालाई लिने गरिन्छ ।