ध्वजासहितको लिङ्गो ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबारदेखि इन्द्रजात्रा सुरु भएको छ । 

हनुमानढोका दरबार स्क्वायरमा बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो। मानन्धर समुदायले भक्तपुरको चित्तापोलबाट विधिपूर्वक पूजाआजा गरी ल्याएको लिङ्गो  आइतबार बिहान ठड्याइएको छ । 

वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ ।  यो काठमाडौंमा मनाइने विविध जात्रामध्येको सबैभन्दा ठुलो, रमाइलो र महत्त्वपूर्ण जात्राको रूपमा इन्द्रजात्रालाई लिने गरिन्छ ।

प्रतिक्रिया