पुष्प व्यवसायमा नौ अर्ब लगानी

पछिल्लो समय विस्तार हुँदै गएको पुष्प व्यवसायमा निजी क्षेत्रको नौ अर्ब रुपैयाँ लगानी रहेको छ । 

मुलुकभरका ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा पुष्प खेती विस्तार हुँदै गएको छ । तिहारका बेला फूलका माला आयात गर्नुपरे पनि अन्य समयमा फूलमा आत्मनिर्भर बन्दै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । 

बजारमा फूलको कारोबार हरेक वर्ष बढ्दो अवस्थामा रहेको तथ्यांकले देखाएको छ । एसोसिएसनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा करिब चार अर्ब रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । सो अवधिमा १९ करोड रुपैयाँ बराबरको फूल निर्यात हुँदा २७ करोड रुपैयाँको आयात भएको छ । 

आर्थिक वर्ष २०७९/८० आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३० प्रतिशतले व्यवसाय वृद्धि भएर फूलको कारोबार दुई अर्ब ३० करोड रुपैयाँ पुगेको थियो । तर, आर्थिक वर्ष २०७९/८० मा कारोबारमा ३३.६ प्रतिशतले वृद्धि भई तीन अर्ब १० करोड रुपैयाँभन्दा बढी भएको थियो
 

प्रतिक्रिया