बेथितिविरुद्ध आवाज उठाउन खोज्दा सरकार नै छोड्नु परेको अध्यक्ष दाहालको भनाइ

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार नै छोड्नु परेको बताएका छन् । 

आइतबार बिहान झापाको बिर्तामोडमा उनले राम्रा काम गरेकै कारण सरकार छाडनुपरेको बताएका हुन् । अध्यक्ष दाहालले गिरीवन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ विघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने बताए ।
 
आइतबार नै ५१ विघा जग्गामा भारतीय दूतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । 

स्थानीयवासीको ज्ञापनपत्र बुझ्दै दाहालले स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने बताए । ‘मर्निङ वाक’मा निस्केका दाहाललाई स्थानीयले ज्ञापनपत्र बुझाएपछि उनले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिबद्धता जनाएका हुन् । 
 

प्रतिक्रिया