एमाले नेतासहित ९ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ

मोरङ । मोरङको ग्रामथान–४ कटहरास्थित जुवाको अखडामा छापा मार्दा नेकपा (एमाले) का नेतासहित  ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एमाले नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझी, सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का ५० वर्षीय जनक कुमार माझी, मोहतरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का, सोही ठाउँका आर्हलाल माझी, धरान १५ का युवक राई, दमक १० का कतुवर्न नेम्वाङ, लेटाङ ९ का लोक नाथ सापकोटा र सुन्दरहैचा ३ का प्रताप राई रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राति गोप्य सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो । 

जुवाको अखडावाट प्रहरीले १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।  सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका जुवाडेहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरुलाई आज जुवा ऐनअन्तर्गत मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने प्रहरीले तयारी गरेको छ ।

प्रतिक्रिया