एमालेले अवरोध नगरे आज प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्ने

प्रतिनिधिसभा बैठक आज दिउसो बस्दैछ । बैठक दिउसो तीन बजेका लागि बोलाइएको छ । संघीय संसद्रु सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पति भएको नेपाल विश्वविधालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ । यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।र, आजै सो विद्येयकमाथि संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखिएको छ । त्यस्तै मुलुकी संहिता सम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ । केही दिनदेखि नेकपा एमालेले लगातार संसद्रु अवरुद्ध गरेपछि तीनदेखि एउटै कार्यसूची राखिएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच सदनको गतिरोध अन्त्यको ससर्त सहमति भएको थियो तर सहमतिको केही क्षणमै पुनः थप छलफलको आवश्यकता रहेको भन्दै बैठक सूचनाद्वारा स्थगित गरिएको हो । प्रधानमन्त्री दाहालको आग्रहमा आज अपराह्न तीन बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
 

प्रतिक्रिया