सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट दायर

काठमाडौँ । सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण (लाइभ) गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ।  कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले आइतबार पेस गरेको रिट निवेदन आइतबार सर्वोच्च अदालतले दर्ता गरेको हो।रिटमाथिको पेसी सोमबारका लागि तोकिएको छ । न्यायिक पारदर्शिता र जनतामा न्यायको पहुँचको उद्देश्य राखेर रिट निवेदन पेस गरिएको हो।  
निवेदकहरूले अदालतको कारवाहीलाई प्रत्यक्ष प्रसारण गर्नु न्यायिक प्रणालीको आमूल परिवर्तनको लागि अपरिहार्य रहेको समेत रिटमा उल्लेख गरिएको छ। रिट निवेदनमा विश्वका प्रमुख लोकतान्त्रिक मुलुकहरू जस्तै भारत, अमेरिका, ब्राजिल, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया लगायतका देशहरूमा सर्वोच्च अदालतको कारवाहीको प्रत्यक्ष प्रसारण भइरहेको तथ्य उल्लेख गरिएको छ। 
यी देशहरूको अनुभवले प्रत्यक्ष प्रसारणले न्यायिक प्रक्रियामा जनताको विश्वास र सहभागिता उल्लेखनीय रूपमा बढाएको देखाएको रिट निवेदकको जिकिर छ। निवेदकहरूले नेपालको संविधानले प्रत्याभूत गरेको सूचनाको हक र सम्मानपूर्वक बाँच्न पाउने हकलाई उद्धृत गर्दै नेपाली नागरिकहरूलाई पनि अदालतको सुनुवाइ प्रत्यक्ष रूपमा हेर्न पाउने अधिकार हुनुपर्ने माग राखेका छन्। 

 

 

प्रतिक्रिया

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

जापानका प्रधानमन्त्री चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने

जापानका प्रधानमन्त्री चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने

महसुल नतिर्ने उद्योगीलाई पुनको प्रश्न: चरम लोडसेडिङ खेपेका जनता बिरोधमा उत्रिए परिणाम के हुन्छ ?

महसुल नतिर्ने उद्योगीलाई पुनको प्रश्न: चरम लोडसेडिङ खेपेका जनता बिरोधमा उत्रि…

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्रीले सहभागीता जनाउने

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्रीले सहभागीता जना…

रास्वपा लक्षित उपप्रधानमन्त्री सिंहको कटाक्ष: वैकल्पिक हुँ भन्नेहरूले कानुनको पालना गर्नु पर्दैन ?

रास्वपा लक्षित उपप्रधानमन्त्री सिंहको कटाक्ष: वैकल्पिक हुँ भन्नेहरूले कानुनको पा…

बालिका यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्धारा झुण्डिएर आत्महत्या

बालिका यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्धारा झुण्डिएर आ…

वेस्टह्याम युनाइटेडद्वारा म्यानचेस्टर युनाइटेड पराजित

वेस्टह्याम युनाइटेडद्वारा म्यानचेस्टर युनाइटेड पराजित