इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा कांग्रेस निकट बराल निर्वाचित

काठमाडौं । इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसिएसनको  अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेन (सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स)का उम्मेदवार सुवासचन्द्र बराल निर्वाचित भएका छन् ।

गए राति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई २०७२ मतले पराजित गरेका हुन्  । बरालले ४ हजार ८४२ मत पाउँदा उनलाई पछ्याएका पाण्डेले २ हजार ८१० मत पाएका थिए ।

त्यसैगरी उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय निर्वाचित भएका छन् । २५ सदस्यीय एसोसियसनको केन्द्रीय कार्यसमितिमा ३ जना बाहेक सबै सिडेनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया