संसदीय सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौं । आइतबार बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । 

अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको समितिले जनाएको छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो । 

राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ ।

प्रतिक्रिया