सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । स्थानीय बजारमा आइतबार निर्धारण भएको मूल्यका आधारमा सुनको मूल्य हालसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।  

यसैबिच चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य पनि १ हजार ८६० रुपैयाँ कायम भएको थियो भने आइतबार  चाँदीको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया