भारतमा बलात्कारको आरोपमा नेता पक्राउ

एजेन्सी । भारतमा बलात्कारको आरोपमा तृणमूल कंग्रेस (टीएमसी) का नेता पक्राउ परेका छन् । 

टीएमसी नेता नारायण मित्रालाई बलात्कारको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको हो । उनी ट्रेड युनियन नेता पनि हुन् । 

भारतीय सञ्चार माध्यमका अनुसार बलात्कार आरोपमा प्रहरीमा एफआईआर जाहेरी दर्ता भएपछि टीएमसीले उनलाई ट्रेड युनियनबाट निलम्बन गरेको जनाएको छ । उनले युवतीलाई आफ्नै निवासमा बलात्कार गरेको आरोप छ । 

पीडितलाई उनले बाँकुरास्थित आफ्नै निवासमा दुई÷तीन दिनसम्म यौन शोषण गरेको दाबी पीडित परिवारले गरेका छन् ।

प्रतिक्रिया