कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

ललितपुर । शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आइतबार बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।

सडक मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर भासिएको थियो । शनिबार साँझदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल  सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताएका छन् । 
रासस

प्रतिक्रिया