रुस र युक्रेनबीच २ सय ६ बन्दीहरू आदान–प्रदान

एजेन्सी । रुस र युक्रेनले २ सय ६ बन्दीहरू आदान–प्रदान गरेका छन् । संयुक्त अरब एमिरेट्सको मध्यस्तता युद्धमा रहेको दुवै देशले समान १०३–१०३ बन्दीहरू आदान–प्रदान गरेका हुन् । 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बन्दीहरूको रिहाइलाई आफ्ना सेनाहरूले रूसमा हालै गरेको आक्रमणको नतिजा भएको बताएका छन् । उनले आफ्नो भिडियो सम्बोधनमा रिहा गरिएका सैनिकहरूमा मरियुपोल शहरको रक्षा गर्न लड्ने सैनिकहरू भएको बताएका छन् ।  

त्यस्तै, रुसी रक्षा मन्त्रालयले एक सय तीन रुसी सैनिकहरू कुर्स्क क्षेत्रको सीमामा बन्दी बनाइएको बताएको छ । किभ र मस्कोले २०२२ को फेब्रुअरीमा रूसको आक्रमणपछि बारम्बार बन्दीहरूको आदानप्रदान गरेको समाचारमा उल्लेख छ । 
 

प्रतिक्रिया