इजरायलको पछिल्लो आक्रमणमा परी गाजामा २६ जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा २६ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमध्ये पाँच जना विस्थापितका लागि बनाइएको आश्रयस्थलमा बसेकाहरु रहेको बताइएको छ । पछिल्लो समय इजरायली सेनाले उत्तरी गाजाको बेट लाहियाका केही भाग छोड्न आदेश दिएको बताइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गाजाका बासिन्दालाई विस्थापित गरी इजरायलले आफ्नो वस्ती बनाउने प्रयास गरेको प्यालेस्टाइनको आरोप छ । उता वन्धक रिहा हजारौं इजरायलीले तेल अविभमा प्रदर्शन गरेका छन् । 

हमासले बन्दी बनाएकाहरुलाई रिहाइको सम्झौता गर्न सरकारलाई दबाब दिँदै उनीहरुले प्रर्दशनलाई निरन्तरता दिएका हुन् । गाजा युद्धमा अहिलेसम्म ४१ हजार १ सय ८२ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया