१७ देशका लागि प्रस्तावित राजदूत अनुमोदनबारे आज निर्णय  हुने

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले १७ देशका निम्ति सिफारिस राजदूतको सम्बन्धमा आइतबार निर्णय गर्दैछ । 

सिंहदरबारमा बस्ने समिति बैठकले आइतबार सबै राजदूतको नाम अनुमोदन गर्न लागेको हो । समितिले सिफारिस राजदूतको सुनुवाइ बिहीबार सकेको थियो । सरकारले गत साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा बिभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो । तीमध्ये एकजनाको नाम सरकारले फिर्ता लिएको थियो ।

सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया