जापानमा अत्यधिक गर्मीका कारण जनजिवन प्रभावित

एजेन्सी । जापानमा गर्मी बढेपछि जनजिवन प्रभावित भएको छ । 

जापानको मौसम विज्ञान निकाय जे.एम.ए का अनुसार जापानको समग्र तापक्रम ३७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, मध्य टोकियोको चियोडामा ३४ दशमलव ५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । 

अत्यधिक गर्मीको मारमा वृद्धवृद्धा परेकाले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन जापानी सरकारले अपील जारी गरिएको छ । सयौ मानिस अस्पताल भर्ना भएका छन् । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार व्यापार व्यवसायमा समेत असर परेको छ । अधिकांश पसलहरु बन्द गरिएका छन् । तापक्रम अझै केही दिन बढ्ने अनुमान गरिएको बताइएको छ । 

प्रतिक्रिया