खाने तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौं ।  मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।

खाने तेल बोकेर सिमराबाट काठमाडौं आउँदै गरेको ना६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

ट्रक त्रिशूली नदीको किनारमा खसे पनि पानीमा भने पुगेको छैन । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 

प्रहरीले घटनास्थलमा पुगेर उद्धारको काम जारी राखेको छ । 

प्रतिक्रिया