भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ: नेता जबरा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा धवलशमशेर जबराले सबै मिलेर भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्ने बताए ।

बागेश्वरी असल शासन क्लब बास नेपालले आज यहाँ आयोजना गरेको ‘बास नेपाल पब्लिक स्पिच’ कार्यक्रममा उनले भने , “देशका जिल्लादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ ।

यसविरुद्ध अभियान नै चलाउनुपर्ने आवश्यकता छ ।”नेता डा जबराले भ्रष्ट्राचारजन्य क्रियाकलापमा लाग्ने नेता तथा जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने र यसविरुद्ध जनताहरू पनि सचेत रहनुपर्ने धारणा राखेका थिए ।

रासस

प्रतिक्रिया