नेटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति बेलायतमा

अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायत पुगेका छन । उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर सम्मेलनका लागि भिल्नियस जानुअघि उनको बेलायत भ्रमणमा गएका हुन । उनले बेलायती राजा चाल्र्स र प्रधानमन्त्री ऋषि सुनाकलाई भेटने कार्यक्रम छ । बाइडेनले चाल्र्स तृतीयको राज्याभिषेकमा उपस्थित नभई अमेरिकी राष्ट्रपतिले प्रथम महिला जिल बाइडेनलाई पठाएका थिए । चाल्र्सको राज्याभिषेकपछि उनीहरूबीच पहिलो पटक आज भेटवार्ता हुनेछ । ह्वाइट हाउसका अनुसार उनीहरुबीचको वार्ता वातावरणीय विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ । बाइडेनले १० डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ऋषि सुनकसँग पनि भेटवार्ता गर्नेछन् । बाइडेनको युरोप भ्रमणको मुख्य भाग मङ्गलबार र बुधबार लिथुआनियाको राजधानीमा नाटो शिखर सम्मेलन हुनेछ, जहाँ पश्चिमी सहयोगीहरूले युक्रेनलाई रूसी कब्जा र सेनाहरू हटाउन मद्दत गर्ने बारेमा छलफल गर्नेछन् । बाइडेनले यो शिखर सम्मेलनलाई टर्कीलाई स्वीडेनको नेटो सदस्यताको प्रस्तावको विरोध फिर्ता लिन दबाब दिन प्रयोग गर्ने अपेक्षा गरिएको छ भने उनले युक्रेनलाई गठबन्धनमा छिटो प्रवेश गराउने वाचाको विरोध गर्ने बताइएको छ । ईयू प्रवेशका लागि अन्य सदस्यहरूको सर्वसम्मत सहमति आवश्यक पर्दछ ।  भिल्नियसमा रहँदा बाइडेनले शहरको विश्वविद्यालयमा विदेश नीतिसम्बन्धी प्रमुख सम्बोधन पनि गर्ने तालिका छन । युक्रेनलाई ‘क्लस्टर’ युद्धसामग्री उपलब्ध गराउने विवादास्पद निर्णयपछि उनको यो भ्रमण तय भएको हो । बिहीबार वासिङ्टन फर्कनुअघि बाइडेनको अन्तिम गन्तव्य फिनल्याण्ड हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पाँच वर्षअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न गएयता हेलसिन्कीको भ्रमण गर्ने बाइडेन पहिलो अमेरिकी राष्ट्रपति हुनेछन् ।

प्रतिक्रिया