उपसभामुखलाई हटाउने खेल स्वीकार्य हुँदैन: प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी ओलीले मनोमानी गर्नका लागि उप सभामुख इन्दिरा राना मगरलाई हटाउँने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

आम जनता पाटी निकट आईटी आर्मीले शनिबार काठमाडौंको गौशालामा आयोजना गरेको काठमाडौं उपत्यका स्तरीय विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले संवैधानिक परिषदमा बहुमत पुर्‍याउनका लागि उप सभामुखलाई हटाउने खेल आफूहरुलाई स्वीकार्य नहुने पनि बताए । 

उनले वर्तमान संविधानको काम नभएकाले खारेज गर्नुपर्ने पनि बताए । अहिलेको संविधानले मुलुकमा स्थायित्व हुन नसक्ने बताउँदै उनले समृद्धिका लागि संविधान खारेज गर्नुको विकल्प नभएको टिप्पणी गरेका हुन् । 

अध्यक्ष साहले असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा काठमाडौं उपत्यकामा पनि भव्यरुपमा कार्यान्वयन गर्ने गरी तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिक्रिया