नीतिगत सुधारको पक्षमा कृषि मन्त्रालयः कृषिमन्त्री अधिकारी

काठमाडौं  । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र कृषकका पक्षमा बाधक देखिएका ऐन, नियम संशोधन गरी कृषकमैत्री कानुन ल्याउन लागेको बताएका छन् । 

धादिङ टोखा समाजद्वारा शनिबार आयोजित ‘कृषि क्षेत्रको समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा समयसापेक्षरूपमा ऐन, कानुनसहित नीतिगत व्यवस्था सुधार गरी कृषि क्षेत्रमा यथासक्य चाँडो सकारात्मक परिवर्तन गर्न चाहेको स्पष्ट गरे । 

मन्त्री अधिकारीले देशभरका कृषियोग्य जमिनको सदुपयोग गर्ने, कृषि अनुदानलाई व्यवस्थित, पारदर्शी र कृषकमैत्री बनाउने, बाँदर, हात्तीलगायत जङ्गली जनावरको समस्या समाधान गरी पीडित एवं प्रभावित किसानजनलाई राहत दिने, रासायनिक मल ल्याउने हालको समयसीमा कम्तीमा आधाले घटाउने, गुणस्तरीय बीउबिजन तथा कृषि सामग्रीको व्यवस्था गाउँ तहमा पुर्‍याउने तथा विचौलियका कारण कृषक एवं उपभोक्ता ठगिन परेको भन्ने आमगुनासो अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । 


 

प्रतिक्रिया