सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता छैन: प्रकाशशरण महत

नुवाकोट ।  पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता नरहेको बताएका छन् । 

नुवाकोटको अमरज्योति (प्राविधिक) माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले गुणस्तरीय शिक्षा र कृषिउपजको उत्पादन एव‌‌ बिक्री गरेर स्वदेशमा नै मनग्य आम्दानी गर्नसक्ने वातावरण रहेको दाबी गरे ।  

पछिल्ला वर्षमा युवा वर्ग उच्च शिक्षा अध्ययन र सुरक्षित भविष्यको खोजीका नाममा ठूलो रकम लगानी गरेर विदेश जाने लहर बढेको भन्दै पूर्वमन्त्री डा. महतले नेपालमै ‘सुन फलाउन’ सकिने अवसर नगुमाउन आग्रह गरे । युवा अवस्थाको जोस, लगानी र विदेशी भूमिमा जस्तै देशमै मिहेनतले गरेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने उनको धारणा थियो । 

विदेशी मुद्राका लागि विदेश जाने नभइ विदेशी पर्यटकलाई नेपाल भित्र्याएर आर्थिक उपार्जन र देश विकासको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने उनको भनाइ छ । त्यसका लागि सुरक्षा व्यवस्था र आउजाउ सहज बनाउन सरकारले सडक, अन्य भौतिक संरचना निर्माण तथा स्तरोन्नति गर्दै आएकाले युवाको भविष्य स्वदेशमा नै सुरक्षित रहेकामा आफू विश्वस्त रहेको पूर्वमन्त्री डा. महतले स्पष्टोक्ति थियो ।  

प्रतिक्रिया